SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ ०४:२२ PM · 1 मिनेट पढाइ

प्रधानसेनापतिद्वारा उपत्यका पृतनाको निरीक्षण, निर्वाचन सुरक्षा थप सुदृढ गर्न निर्देशन

प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र वस्तुस्थिति प्रतिवेदन प्राप्त गरेका थिए। निरीक्षणको क्रममा उनले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन र आवश्यक व्यवस्थापन सुनिश्चित गर्न निर्देशन दिएका छन्।