रामेछाप दुर्घटना अपडेट : एक प्रहरीको मृत्यु, सात जना घाइते
रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ।
