SHARE
पर्दाफास · सोमबार १८ फागुन २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवन अगाडि आज कार दुर्घटना भएको छ। नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार पाँच जनामध्ये चार जना घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको जनाइएको छ।