SHARE
पर्दाफास · सोमबार १८ फागुन २०८२ ०२:२३ PM · 1 मिनेट पढाइ

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।