SHARE
पर्दाफास · सोमबार १८ फागुन २०८२ ०४:२६ PM · 1 मिनेट पढाइ

कतारस्थित नेपाली राजदूतावासको विशेष अपिल- अफवाह नफैलाउन र सतर्क रहन आग्रह

दोहास्थित नेपाली राजदूतावासले कतारमा विकसित विशेष परिस्थितिलाई दृष्टिगत गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन विशेष अनुरोध गरेको छ। राजदूतावासले सार्वजनिक गरेको सूचनामा कतारका आधिकारिक निकायबाट प्राप्त सूचना तथा निर्देशनअनुसार मात्र जानकारी लिन आग्रह गरिएको छ। अप्रमाणित समाचार, तस्बिर वा भिडियो सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न पनि अनुरोध गरिएको छ।