SHARE
पर्दाफास · आइबार​ १७ फागुन २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

मध्यपूर्वको युद्धबारे मन्त्रिपरिषद् बैठकमा छलफल, नेपाली नागरिकको सुरक्षामा सरकारको ध्यान

आज बसेको मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा जारी युद्धको अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धका कारण नेपाल र नेपाली नागरिकहरूमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न निर्णय भएको जानकारी दिए । मन्त्री शर्माका अनुसार बैठकमा विशेषगरी वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने नेपाली कामदारहरूको अवस्थाबारे छलफल गरिएको थियो ।