SHARE
पर्दाफास · आइबार​ १७ फागुन २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

निर्वाचन नजिकिँदै गर्दा दोलखामा कांग्रेस बलियो बन्दै, प्रभावशाली नेता कांग्रेसमा

निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा आइतबार भीमेश्वर नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रभावशाली नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्।