SHARE
पर्दाफास · आइबार​ १७ फागुन २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

गगन थापा भन्छन्- अबको ५ वर्ष सरकार बनाउने धन्दा होइन, परिणाम दिने समय हुनुपर्छ

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिए ।