SHARE
पर्दाफास · शुक्रबार​ १५ फागुन २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, सबैभन्दा धेरै लुम्बिनीमा

निर्वाचन आचारसंहिता उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एक हजार ६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।