शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट ९२ जना अधिकृत दीक्षित
नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट ९२ जना अधिकृत दीक्षित भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गत वैशाख ४ गतेबाट सुरु भएको सि.सं. ३२ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह प्रधानसेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो।
