SHARE
पर्दाफास · शुक्रबार​ १५ फागुन २०८२ ०२:०५ PM · 1 मिनेट पढाइ

काठमाडौंका सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले फागुन १८मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) सार्वजनिक ठाउँमा खेल्न निषेध गरिएको जानकारी दिएको हो ।