SHARE
पर्दाफास · शुक्रबार​ १५ फागुन २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

कांग्रेसले भन्यो- फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबीच फागुन १८ गते काठमाडौँको खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ । कांग्रेसले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो ।