सिद्धार्थ बैंकका ग्राहकहरूलाई पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट
सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बालुवाटार, काठमाडौं स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरूको ग्रुमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
