श्रम संस्कृति दल र उम्मेद्वार शक्तिबहादुर बस्नेत र निकोलस भुसाललाई आयोगकाे कारबाही
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै दुई जना उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
