SHARE
क्लिकमांडू · शुक्रबार​ १ फागुन २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपाली महिला सोना श्रेष्ठ

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसिया विभाग महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त भएकी छिन् । श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् ।