राष्ट्रिय गौरबका आयोजना: अधिकांश ‘फेलियर’, २३ को प्रगति ०.२५ देखि ४३ प्रतिशतसम्म
काठमाडौं । सरकारले राष्ट्रिय गौरबको आयोजनामा योजना समावेश गर्न मूल रूपमा दुईवटा शर्त तोकेको छ । पहिलो शर्तमा राष्ट्रिय गौरबको आयोजना घोषणा गर्दा आयोजना सम्पन्न गर्ने अवधि बढीमा १० वर्ष तोकिएको छ । दोस्रो, राष्ट्रिय गौरबको आयोजनामा समावेश भएका योजनाहरूको लागत कम्तीमा ५० अर्ब रुपैयाँ हुनुपर्ने शर्त तोकिएको छ ।
