SHARE
पर्दाफास · बिहीबार २९ माघ २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन् । सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् । उनले निर्वाचनको माहोल उत्साहजनक रहेको र सुरक्षा निकाय तथा प्रशासनिक क्षेत्रको तयारी प्रशंसनीय रहेको बताइन् ।