SHARE
पर्दाफास · बुधबार २८ माघ २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्ग, लाइफलाइनमा सरकारी निकायको बेवास्ता

नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ । समयमै काम सम्पन्न भएको भए यतिबेला यो सडक कालोपत्रे भइसकेको हुन्थ्यो । तर विद्युत् प्राधिकरणले समयमै सडकमा रहेको पोल हटाउन नसक्दा निर्माणमा गम्भीर चुनौती थपिएको छ । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस आयोजनाले लक्ष्यअनुसारको प्रगति गर्न सकिरहेको छैन ।