SHARE
पर्दाफास · शुक्रबार​ ९ साउन २०८२ १२:४४ PM · 1 मिनेट पढाइ

नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसके : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट दलहरू व्यवहारमा लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिस्ट) सिद्धान्तमा ढलिसकेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ‘नाममा कम्युनिष्ट भए पनि व्यवहारमा सबै पार्टीहरू डेमोक्रेटिक सोसलिस्ट पार्टीजस्तै’ भएर काम गरिरहेको बताए ।