भारत-नेपाल गृह सचिवस्तरीय वार्ता : सीमापार अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म सहकार्य गर्ने निर्णय
भारत र नेपालको गृह सचिवस्तरीय बैठकले सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आपसी कानुनी सहायताजस्ता बहुपक्षीय सुरक्षाका विषयमा सहकार्य गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बुधवार भारतको नयाँ दिल्लीमा सम्पन्न गृहसचिवस्तरीय वार्ताले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
