SHARE
पर्दाफास · शुक्रबार​ ९ साउन २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

कांग्रेस-एमाले गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताएका छन् । शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताए ।