प्रधानमन्त्रीलाई मुख्यमन्त्री सिंहले भने- मधेसका किसानका लागि ठूलो प्याकेजको घोषणा गरियोस्
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका किसानका लागि संघ सरकारले ठूलो प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् । महोत्तरीमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा पानीको हाहाकार रहेको बताए ।
