SHARE
पर्दाफास · सोमबार २६ माघ २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

विश्वप्रकाश शर्मा भन्छन्- अबको नेपालमा राति सुत्ने छुट छैन

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोध्न गर्दै उनले दलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताए ।