SHARE
पर्दाफास · आइबार​ २५ माघ २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दएि । उनका अनुसार गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।