दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । प्रहरीले उनलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनलाई नियन्त्रणमा लिइएको हो ।
