SHARE
पर्दाफास · शनिबार १० माघ २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

जितसँगै सुपर सिक्समा नेपालको सम्भावना जीवन्त

नेपालले जिम्बाब्वेलाई हराउँदै घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा नेपालले शनिवार जिम्बाब्वेमाथि ६ विकेटको जित निकालेको हो । छनोटमा पहिलो जितसँगै नेपालले समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ ।