SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि ब्याटिङ गर्दै पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो ।