एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यसवर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट १ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
