नेपाल क्रिकेट संघलाई लगातार दोस्रो पटक आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’
४ साउन, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड लगातार दोस्रो वर्ष जित्न सफल भएको छ। आईसीसीको वार्षिक सम्मेलन सिङ्गापुरमा सम्पन्न भएको थियो, जहाँ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, र कोषाध्यक्ष पदम खड्का ले उक्त अवार्ड ग्रहण गरे।
