आइएमई लाइफकी गेल्मु लामाले एक वर्षमै एक करोड १३ लाखको व्यवसाय गर्दै ब्रान्च टप बनिन्
४ साउन, काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता गेल्मु लामाले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी अभिकर्ता लामाले आर्थिक वर्ष २०८१–८२ मा आफ्नो व्यक्तिगत कोडबाट १ करोड १३ लाख ४० हजार रुपैयाँको बीमा व्यवसाय गरी ब्रान्च टप बन्न सफल भएकी हुन् ।
