अनलाइन टिभी पत्रकार संघद्वारा नेपाली मिडियाका लागि ‘एआई आचारसंहिता’ सार्वजनिक: जिम्मेवार प्रयोगमा जोड
५ साउन, काठमाडौं। नेपालमा सञ्चार क्षेत्रको तीव्र डिजिटल परिवर्तनसँगै कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगलाई व्यवस्थित र नैतिक बनाउन अनलाइन टिभी पत्रकार संघ (OTJA) नेपालले आज ‘अनलाइन टिभी एआई आचारसंहिता–२०८२’ सार्वजनिक गरेको छ। यो आचारसंहिता नेपाली मिडियामा एआईको जिम्मेवार र नैतिक प्रयोग सुनिश्चित गर्नको लागि जारी गरिएको पहिलो मार्गदर्शन दस्तावेज हो।
