SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

बंगलादेशमा वायु सेनाको विमान दुर्घटना

काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान दुर्घटना भएको छ । सोमबार दिउँसो १ बजेको समयमा वायु सेनाको एफ७ विमान राजधानी ढाकाको उत्तरामा दुर्घटना भएको हो । इन्टर सर्भिस पब्लिक रिलेसन –आईएसपीआर) का अनुसार एफ७ विमान माइलस्टोन कलेजको भवनमा ठोक्किएको हो । अहिले उद्धारको क्रम जारी रहेको र दुर्घटनामा हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ ।