जनकपुरमा युवतीले गरिन् युवकको हत्या, राति सँगै गएको थिए गेष्ट हाउस
काठमाडौं । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
