SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ १०:४६ AM · 1 मिनेट पढाइ

अब हामीले कांग्रेस पुरानो भयो, थोत्रो भयो भन्ने भाष्य चिर्नुपर्नेछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुरानो र मूल्यहिन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।