चाक्सीबारी बैठकको निष्कर्ष– ‘सरकारको काम राम्रो भएन, सभापतिलाई जानकारी गराउँछौँ’
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका ७ पूर्व पदाधिकारीहरुको बैठक सकिएको छ । सोमबार दिउँसो उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । उक्त बैठकमा आगामी १५औँ महाधिवेशनमा संस्थापन पक्षबाट नेतृत्वका लागि साझा उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
