देउवाको दाबी– ‘कांग्रेस आदर्श र सिद्धान्तमा सबैभन्दा राम्रो पार्टी’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
