SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव २५ फिट गहिराईबाट निकालियो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालकको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले १५ वर्षीय सेनसन पुनमगरको शव फेला पारेको हो । भरतपुर महानगरपालिका–१५ सुर्यनगर बस्ने मगर सोमबार दिउँसो नारायणी नदिको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।