SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

एमाले बैठक : ४९ जनाले राखे धारणा, चर्चामा विद्यादेवी भण्डारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबारबाट सुरु भएको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । आजको बैठकमा उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो ।