नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा विश्वकपमा नेपालको खेल हेर्न रंगशाला जाने अवसर
ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज कम्पनी लिमिटेडले आईसीसी टी–२० विश्वकप २०२६ को लागि विशेष अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत नयाँ डिम्याट खाता खोल्ने १० जना भाग्यशाली ग्राहकलाई भारतको मुम्बईमा नेपालको खेल हेर्ने पूर्ण यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ। विश्वकप २०२६ भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ।
