अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति
अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ।
