डीडीएका हाकिमले आफूखुशी औषधिको मूल्य तोकेको पुष्टि
औषधि व्यवस्था विभागले आफूखुशी औषधिको मूल्य तोकेको भन्दै अदालतले बदर गरिदिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आफूखुशी औषधिको मूल्य तोकेको भन्दै परेको रिटमा उच्च अदालतले ढकालको निर्णय प्रक्रियाविपरित भएको ठहर गरेको हो । विभागले २०८१ साउन ८ गते Empagliflozin 25/10/5 mg को मूल्य संशोधन गरेको थियो ।
