नेप्सेमा सिटी होटलको हकप्रद शेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटी होटल लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको ८० प्रतिशतले हुन आउने १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।
