SHARE
मकालु खबर · शुक्रबार​ १९ मंिर २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

प्रभु बैंकका सीईओसहित चार जनालाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौं । बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनामाथि भइरहेको अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले शुक्रबार थप २ दिनको म्याद थप गरेको हो ।