सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter Service And Exchange Camp’ घोषणा
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै “Winter EV Service And Exchange Camp” सार्वजनिक गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई थप सुदृढ बनाउन विशेष रूपमा आयोजना गरिएको यो सर्भिस क्याम्प डिसेम्बर ७ देखि १० सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
