कांग्रेसले पुस मै नियमित महाधिवेशन गर्ने, यस्तो छ कार्यतालिका
नेपाली कांग्रेसले आगामी पुस मै नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी भित्रको एउटा समूहले विशेष महाधिवेशन माग गरेपनि केन्द्रीय कार्यसमितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।
