बैंकहरुले लोन प्याकेजहरु पुनरावलोकन गर्नुपर्छ : गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्ने बताएका छन् । आज (सोमवार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताए ।
