हिन्दू सम्राट सेनाले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिको समर्थन
१४ मंसिर, सिरहा । प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण ¥याली आयोजना गरेको छ । ¥यालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनजनक नाराबाजी गरेका थिए।
