महिला हिंसा रोकथाममा योगदान दिने प्रहरी सम्मानित
१४ मंसिर, काठमाडौं महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१÷८२’ घोषित भएकी छिन् । देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।
