रास्वपा उपसभापति वाग्लेले अवसर समानताको राजनीतिमा जोड
१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले समाज रूपान्तरणका लागि अवसरको समानतामा आधारित राजनीतिलाई अघि बढाउनुपर्ने बताएका छन् । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा कार्यक्रममा बोल्दै उनले सस्तो तथा पुनरवितरणमुखी राजनीतिले देशलाई अघि लैजान नसक्ने जिकिर गरे ।
