एनपीएल सिजन–२ मा कर्णालीमाथि काठमाडौंको चौथो जित
१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै चौथो जित निकालेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
